ग्लोबल आइएमई बैंक र एलआइसी नेपालबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को बिमा योजना बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र एलआइसीबीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको हो ।

सम्झौतापत्रमा एलआइसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिजित घोष दस्तिदार र ग्लोबल आइएमईका समकक्षी जनक शर्मा पौडेलले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा एलआइसी नेपालका बैंकास्यारेन्स विभाग प्रमुख विद्या श्रेष्ठ पनि उपस्थित थिए ।

यो सम्झौतासँगै सर्वसाधारणले एलआइसी नेपालका विभिन्न जीवन बिमा योजना र बिमा सेवा ग्लोबल आइएमई बैंकको देशभरका शाखाहरुबाट लिन सकिने छ । ग्लोबल बैंकका देशभर १२२ वटा शाखा र चारवटा एक्सटेन्सन काउन्टर छन् । ती सबैबाट एलआइसी नेपालको सबै किसिमका बिमा योजना खरिद गर्न र अन्य बिमा सेवा लिन सकिने छ ।

एलआइसी नेपालले एक दर्जनभन्दा बढी जीवन बिमा योजना बिक्री गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement