यूनाइटेड सिमेन्ट्सले गर्यो शैक्षिक सामाग्री वितरण

Advertisement

काठमाडौंः यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयमा सहयोग स्वरुप विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यस यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको जनाएको छ । गत वर्ष यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो ।

कम्पनीले आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्य गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement