कूचीकारदेखि सुवेदारसम्म सेनाले माग्यो २३ सय कर्मचारी

Advertisement

काठमाडौंः नेपाली सेनाले विभिन्न पदका २३ सय ११ जना कर्मचारीको आवेदन माग गरेको छ । सेनाले कूचीकार, लेखा, सैन्य, सैन्य ड्राइभर, माली, सिकर्मी, प्रविधिक र सुवेदारसम्मको पदका लागि २३ सय ११ जनाको आवेदन माग गरेको हो ।

माग गरेको विभिन्न पदमध्ये कूचीकार, लोहकार, सूचीकार, चर्मकर्मी केशकर्मी, माली र सिकर्मी पदमा सामान्य लेखपढ गरेका आवेदकले आवेदन दिन सक्ने जनाइएको छ । उक्त पदहरुमा सेनाले महिला, जनजाती तथा आदिबासी, दलित, मधेसी र पिछाडिएका क्षेत्रको आरक्षणको व्यवस्था गरिएको छ ।

लेखाका लागि १२ कक्षा पास, महिला प्राविधिक सुवेदारका लागि पिसिएल नर्सिङ पास, अमल्दार कर्मचारीका लागि एसएलसी, ड्राइभर तथा सैन्य बाध्य बादनका लागि आठ कक्षा पास भएकोले आवेदन दिन सक्ने बताएको छ ।

इच्छुक आवेदकले जेठ ३० गतेसम्ममा आवेदन दिन सक्नेछन् । त्यसभन्दा पछि आवेदनका लागि भने दोब्बर दस्तुर तिरेर असार ६ गतेसम्ममा आवेदन दिन सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement