ट्रेड युनियन अधिकारमा हस्तक्षेप गरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी

Advertisement

काठमाडौंः पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले ट्रेड युनियन अधिकारमा हस्तक्षेप गरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन् । उनले यही वैशाख ३१ देखि जेठ १ गतेसम्म भक्तपुरमा सम्पन्न भएको राष्ट्रिय वाणिज्य कर्मचारी संघको नवौं केन्द्रीय परिषद्मा उक्त चेतावनी दिएका हुन् ।

प्याकुरेलले ट्रेड युनियन अधिकार संवैधानीक भएकाले यसको सबैले पालना गर्नपर्ने बताउँदै युनियन अधिकारमाथि हस्तक्षेप भएमा अन्तर्राष्ट्रिय अदालनसम्म वकालन गर्न सकिने बताए । बैंक बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (विफु)का राष्ट्रिय महासचिव योगेन्द्रबहादुर सिंह, विफुका कोषध्यक्ष हेम कार्की, संघका पूर्व सल्लाहकार शिवकुमार अधिकारी लगायतले मन्तव्य दिएका थिए ।

साथै, नवौं केन्द्रीय परिषद्ले रिक्त रहेको विभिन्न पदमा पदपुर्ती समेत गरेको छ । रिक्त पदमा अध्यक्ष हेमराज सुवेदी, बरिष्ठ उपाध्यक्षमा रामप्रसाद जोशी, उपाध्यक्षमा बद्रिपसाद तिमल्सिना, र रोहीत रेग्मी, महासचिवमा लक्ष्मीप्रसाद पाण्डे, उपमहासचिवमा लक्ष्मी ज्ञवाली र संगम पौडेल रहेका छन् ।

यस्तै, सचिवहरुमा मिना मोक्तान, इश्र्वर उप्रेती, लुज श्रेष्ठ र अनिता श्रेष्ठ रहेका छन् । कोषध्यक्षमा रविन्द्र चौलागाँई, सह कोषध्यक्षमा श्रवनकुमार सिंह रहेका छन् ।

Advertisement

Advertisement

Advertisement