सन्दीप आइपीएका उत्कृष्ट बलर, सबैभन्दा कम इकोनोमीमा बलिङ

Advertisement

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा दिल्ली डेयरडेभिल्सबाट खेलीरहेका सन्दीपले प्रतियोगितामा सबै बलरहरुलाई पछि पार्दै उत्कृष्ट बलिङहरुको सुचिको पहिलो स्थानमा उक्लिएका छन् । प्रतियोगितामा मात्र दुई खेल खेलेका सन्दीपले ८ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर दुई विकेट लिएका छन् ।

सन्दीप आइपीएलमा बलिङ गर्नेहरुको सुचिमा उत्कृष्ट इकोनोमिमा बलिङ गर्ने खेलाडीको सुचिको शीर्ष स्थानमा उक्लिएका हुन् । ब्याङलोर र चेन्नाईकोविरुद्ध बलिङ गरेका सन्दीपले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका छन् ।

उनको इकोनोमी ५ दशमलव ७५ मात्र रहेको छ । बलरहरुले उनीहरुले खर्चेको रनको आधारमा इकोनामी रेट निकालिनछ । खेलमा कम रन खर्चिएर प्रभावशाली बलिङ गर्ने खेलाडीहरु शीर्ष स्थानमा पर्छन ।

Advertisement

Advertisement

Advertisement