आइपीएलमा दिल्लीलाई चौथो जित दिलाएका सन्दीप आज मुम्बईविरुद्ध खेल्ने

Advertisement

काठमाडौंः दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिग (आइपीयल) क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेलाई मैदान उतार्ने पक्का भएको छ ।

यसअघि खेलेका दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिएपछि उनलाई दिल्लीले आज हुने मुम्बई इन्डियन्सविरुद्धको खेलमा मैदान उतार्न लागेको हो ।

मुम्बई इन्डियनस् प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ । रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले २०१५ मा र गत वर्षको आइपीएलको उपाधि उचालेको थियो ।

मुम्बईमा कप्तान रोहितका साथै सुर्यकरमार यादव, इभिन लेविनस्, सौरभ तिवारी लगायतका उत्कृष्ट ब्याटसम्यान छन् ।

लगातार ११औं खेलसम्म मैदानमा राखेको दिल्लीले उपाधि होडबाट बाहिरिएपछि प्रतियोगितामा आफ्नो १२औं खेलमा सन्दीपलाई मौका दिएको थियो ।

रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्ध सन्दीपलाई डेब्यु गराएको दिल्लीले उनको उत्कृष्ट प्रदर्शनसँगै विकेट लिएपछि त्यसपछिका खेलमा मौका दिँदै आएको छ ।

ब्याङलोरविरुद्धको खेलमा सन्दीपले पार्थिव पट्टेको विकेट लिन सफल भए भने विराट कोहली र एभी डेभिल्लीयरर्सलाई खुलेर खेल्न दिएनन् । खेलमा २४ बल फालेका उनले १२ डट बल प्याक्दै १५ रन खर्चेका थिए ।

डेब्यु खेलमै सन्दीपले आफ्नो उत्कृष्ट स्पेलमार्फत सबैलाई चकित बनाए । यस्तै दोस्रो खेलमा सुपर किंग्स चेन्नाईविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिन सफल भए ।

सन्दीप ‘स्टाइलिस प्लेयर अफ दि म्याच’ समेत भएपछि दिल्ली सन्दीपको खेल शैलीमा मोहित भएको हो ।

लगातार दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा आफ्नो अन्तिम खेलमा पनि दिल्लीले सन्दीपलाई खेल्ने मौका दिएको छ । सन्दीपले आइपीएलमा आफुले खेल्ने मौका पाए त्यसलाई भरपुर सदुपयोग गर्ने बताएका थिए ।

मात्र दुई खेलमा ८ ओभर बलिङ गरेका उनी आइपीएलमा बलरहरुको शीर्ष स्थानमा रहेका छन् । उनको दुई खेलमा इकोनोमी ५ दशमलव ७५ मात्र रहेको छ ।

Advertisement

Advertisement

Advertisement