इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने आरती कारागार चलान

Advertisement

काठमाडौंः वैदेशिक रोजगारसम्वन्धी ठगी मुद्दामा दोषी ठहर भएर फरार रहेकी महोत्तरी रामनगर–३ कि ३१ बर्षीय आरती गिरीलाई प्रहरीले प्रक्राउ गरी कारागार चलान गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७० असार ३ गते दोषी ठहर्याउँदै एक बर्ष छ महिना कैद र एक लाख ५० हजार रुपियाँ जरिवाना तोकेको थियो । फरार रहेकी आरतीलाई प्रहरीले कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको हो ।

आरतीले छ महिनाभित्र इजरायल पठाइदिन्छु भन्दै २०६८ मंसिर २८ गते जाहेरवाला पदमसुन्दरी श्रेष्ठबाट तीन लाख ३० हजार र गीता श्रेष्ठबाट एक लाख ५५ हजार लिए पनि उनीलाई विदेश पनि नपठाउने र रकम पनि फिर्ता नगरेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement