नेशनल हाइड्रोपावर कम्पनीको घाटा एक करोडभन्दा बढी

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेशनल हाइड्रोपावर कम्पनीको खुद नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको देखिएको हो । 

चालू आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले १ करोड १४ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी २ करोड २९ लाख रुपियाँ थियो ।

Advertisement

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत र कुल नाफा ७५.३४ प्रतिशत बढेको छ । त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा पनि ४०४.८४ प्रतिशत बढेको छ।

दुई अर्ब ४६ करोड रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपियाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६२ पैसाले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १०१.३ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
 

Advertisement