सिट संख्याभन्दा बढी यात्रु बोक्ने १८९ सवारी कारवाहीमा

Advertisement

काठमाडौंः सिट संख्याभन्दा दोब्बर यात्रु हालेर उपत्यकामा गुडेका करिब दुई सय सवारी साधन आइतवार कारवाहीमा परेका छन् । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा गरेको छड्के कारवाहीमा बस, माइक्रो र टेम्पो कारवाहीमा परेका हुन् ।

नियन्त्रणमा लिएका एक सय ८९ साना ठुला सवारी साधनलाई पहिलो पटक पाँच सय रुपियाँ जरिवाना गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो । बिहानदेखि दिउँसो ३ बजेसम्ममा उक्त संख्यामा सवारी साधन कारवाहीमा परेका हुन् । दोस्रो पटकमा पनि कारवाहीमा परे चालकको सवारीचालक अनुमति पत्र नियन्त्रणमा लिने बताएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको लागि कडाईका साथ लाग्न निर्देशन दिएका थिए । महाशाखाले आइतवारदेखि मिटरमा नचल्ने ११९ वटा ट्याक्सीलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उलङ्घन गरेर सवारी चलाउनलेलाई जरिवाना कम भएकाले बढाएर पाँच हजारसम्म पुर्याउने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement