माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा र दुई शाखारहीत सेवा सञ्चालनमा

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंकले तीन नयाँ शाखाहरु र दुई शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले आज (सोमबार) सुनसरीको धरान, भाजपुरको भोजपुर र जुम्लाको चन्द्रनाथमा एक साथ शाखा सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा ल्याएको नायाँ शाखाको माध्यमबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । साथै बैंकले कञ्चनपुुरको वेलडांडीमा र भिमदक्तनगरमा दुई नयाँ शाखारहित बंैकिङ सेवा संचालनमा ल्याएको छ ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्व रुपियाँ निक्षेप परिचालन गरी ६२ अर्व रुपियाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपियाँ खुद मुनाफा गरेको छ ।

बैंकले आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा एक सय स्थानवाट ग्राहकहरुलाई बंैकिङ सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement