हिमालयन बैंकले दियो असहाय बालबालिकालाई ७५ हजारको खाट

Advertisement

काठमाडौंः हिमालयन बैंकले काठमाडौंको बुढानिलकण्ठस्थित अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार मूल्यको पाँच थान दुई तले खाट प्रदान गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वको लागि उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्न सहज हुने उद्देश्यले खाट वितरण गरिएको जनाएको छ । मङ्गलबार भएको कार्यक्रममा बैंकका महाप्रबन्धक सुशील जोशी र बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थितिमासंघका अध्यक्ष प्रकाश नेपालीलाई सो सामानहरु हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement