‘बालोन डी ओर जित्नलाई नेइमार रियल मड्रिड जानुपर्छ’

Advertisement

एजेन्सीः नेइमारलाई बालोन डी ओर जित्नको लागि रियल मड्रिड वा प्रिमियर लिगको क्लबमा आबद्ध हुन सुझाव दिइएको छ । हाल पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध रहेका नेइमारलाई ब्राजिलीयन पुर्व खेलाडी रिभाल्डोले उक्त सुझाव दिएका हुन् ।

नेइमार बार्सिलोनाबाट विश्व कीर्तिमानी दुई सय मिलियन पाउण्डमा पीएसजीमा आबद्ध भएका थिए । रिभाल्डेले बालोन डी ओर जित्नलाई च्याम्पियन्स लिगको उपाधि जित्न पर्ने बताए ।

यदी नेइमारले बालोन डी ओर जित्ने भए मात्र दुई अप्सन रहेको बताए । फ्रेन्च लिगलाई स्पेनीस लिगसँग र प्रिमियर लिगसँग तुलना हुन नहुने बताए । फ्रेन्च लिग कमजोर नभएपनि अन्य दुई लिगसँग तुलना गर्न नसकिने बताए ।

स्पेन र इंग्ल्याण्डका क्लबले च्याम्पियन्स लिग जित्ने सम्भावना बढी हुने भएकाल भविष्यको लागि नेइमार उता जान पर्ने बताए ।

Advertisement

Advertisement

Advertisement