आइपीएलमा दुई चार डल्ला के फ्याँक्न् पाएको थियो, सन्दीप चम्कियोः ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले भर्खर मात्र आइपीएल खेलेर नेपाल आएका सन्दीप लामिछानेको प्रशंसा गर्दै नेपालीले अवसर पाएमा जस्तो काम पनि गर्न सक्ने बताएका छन् । विहीवार भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालामा सम्बोधन गर्दै उनले आइपीएलमा दुई चार डल्ला फ्याकेको सन्दीले चमत्कार गरेको बताएका हुन्

उनले नेपालीहरु अवसर नपाएकाले पछाडी परेको बताउँदै सन्दीपले अवसर पाएर विश्वमा चर्चित भएको बताए । ओलीले नेपालमा क्षमतावान युवाहरुको कमी नभएको भन्दै अवसर नपाएकाले मात्र पछाडी परेको बताए ।

उनले सन्दीको उदाहरण दिँदै भने, ‘आइपीएलमा दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दी चम्कियो ।’ युवाहरुले आफ्नो क्षमता चिनेर त्यसैमा लाग्न पर्ने बताएका हुन् ।

देश विकास र समृद्धिको दिशामा अगाडी बढेकाले प्रमाणपत्र बोकेर जागिर खोज्ने दिन गएको बताइएको थियो । ओलीले शिक्षामा व्यापारलाई नियन्त्रण गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement