उत्तर कोरियाले नष्ट गर्यो आफ्नो परमाणु भट्टि

Advertisement

काठमाडौंः अमेरिकासँग वार्ताका लागि अग्रसर भइरहेको बेला उत्तर कोरियाले पुन्गेरीस्थित आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर नष्ट गरेको छ । विदेशी पत्रकारहरुको उपस्थितमा उत्तरले आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर नष्ट गरेको हो ।

स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको हो ।

यो सुरुङ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा आगामी जुन १२ मा वार्ता हुनुअघि विश्वासको वातावरण बनाउन ध्वस्त बनाएको हो ।

उत्तर कोरियाले यसअघि पुन्गेरीबाट अमेरिकासम्म हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङबाट कालो शिशाले छोपिएको रेलमा राखेर करिब १२ घण्टा यात्रा गराएपछि परमाणु भट्टी भएको ठाउँमा पत्रकारहरुलाई पुर्याएएको थियो ।

परमाणु भट्टी रहेको सुरुङ ध्वस्त गरिएको दृश्य विदेशी पत्रकारहरुलाई पाँच सय मिटरको दुरीबाट हेर्न दिइएको थियो । उत्तर कोरियाली सैनिकले ठूलो आवाजको विस्फोट सुरुङमा गराएका थिए ।

सुरुङ भित्रको आवाज निकै ठुलो थियो । विस्फोटपछि निस्केको धुवाँ र धुलो र ताप पनि पत्रकारहरुसम्म पुगेको थियो । आफूले वार्ताका लागि हात बढाइरहेको बेला अमेरिका र दक्षिण कोरियाले सशस्त्रीकरणलाई कायमै राखेको भन्दै उत्तरले वार्ताबाट बाहिरिने चेतावनीसमेत दिएको थियो । चेतावनीका बीच पनि उसले आणविक भट्टिहरु नष्ट गरेर आफ्नो लचकता प्रस्तुत गरेको छ ।

Advertisement

Advertisement

Advertisement