सुन तस्करीमा एमाले साँसदको पनि संलग्नताको खुलासा

Advertisement

बिराटनगरः साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका चूडामणि उप्रेती ‘गोरे’ सँग ‘कनेक्सन’ रहेको पाइएपछि पक्राउ परेका रेवन्तकुमार आचार्यले चन्दा लेनदेनबारे नयाँ तथ्य बाहिर ल्याएका छन् ।

उर्लाबारी नगरपालिका २ निवासी रेवत भनिने नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासमेत रहेका सुन व्यापारी आचार्यले गोरे र नेताहरुबीचको ‘कनेक्सन’ को खुलासा गरेका हुन् ।

बिहीबार साँझ पक्राउ परेपछि शुक्रबार जिल्ला अदालत मोरङमा म्याद मिलानका लागि पुर्याइएका उनकै उपस्थितिमा गोरेले २ लाख रुपियाँ चन्दा नेकपाका एकजना वर्तमान सांसदलाई दिएको जिकिर गरेका हुन् ।

‘हामीसँगै रहेका बेला ‘गोरे’ले मंसिरको निर्वाचनमा तत्कालीन एमालेका नेता घनश्याम खतिवडा (वर्तमान प्रतिनिधि सभाका सदस्य)लाई २ लाख रुपियाँ चन्दा दिएका हुन्’, आचार्यले भने, ‘त्यो बेला हाल नेकपाबाट प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडालाई दुई लाख रुपियाँ चुनावी खर्च मेरै उपस्थितिमा गोरेले दिएका थिए ।’

गोरेलाई म चिन्दिनँः घनश्याम
एमाले कार्यकर्ताबाटै गम्भीर आरोप लागेपछि साँसद खतिवडाले भने यस कुराको कडा प्रतिवाद गरेका छन् । खतिवडाले यस्तो वाहिया कुराबारे समाचार बनाउनुको कुनै तुक नभएको पनि प्रष्टिकरण दिए ।

‘यस्तो कुरा सबै वाहियात हो, गोरे को हो ? म चिन्दै चिन्दिनँ, चिन्दै नचिनी कसरी पैसा दिन्छ ?’, खतिवडाले प्रश्न गरे, ‘मेरो इमानमाथि प्रश्नचिन्ह खडा गर्ने गरी उठाइएको यो कुरा विलकुल वाहियात हो ।’ समाचार स्रोतः अन्नपूर्ण पोष्ट डटकम

Advertisement

Advertisement

Advertisement