स्थानीय र सर्वसाधरणका लागि अपर तामाकोशीको साधारण सेयर निष्काशन गर्न अनुमति

Advertisement

काठमाडौंः दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रबद्र्धक अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) आउने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनका लागि कम्पनीलाई विहीवार अनुमति दिएको छ ।

प्रबद्र्धक संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका बचतकर्तालाई यसअघि सेयर वितरण गरिसकेको अपर तामाकोशीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र आमसर्वसाधारणका लागि दुई अर्ब ६४ करोड ७५ लाख रुपियाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता अर्थात १० प्रतिशत आयोजना प्रभावित स्थानीयलाई र १५ प्रतिशत अर्थात एक करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सेयर निष्काशनका लागि नागरिक लगानी कोष र सनराइज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

Advertisement

Advertisement

Advertisement