कोरिया पठाइदिने भन्दै ७९ लाख ठगी गर्ने दुई जना पक्राउ

Advertisement

काठमाडौंः सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले कोरियामा राम्रो रोजगारीको अवसर मिलाइदिने भन्दै ठगी गर्ने दुईलाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी कोटामा एक वर्षको लागी भिषा लगाईदिने तथा कोरीया गएपछी एक–एक वर्षमा नविकरण गर्न मिल्ने प्रलोभन देखाउँदै ठगी गरेका थिए । आरोपीले नौ जनाबाट प्रति व्यक्ति ११ लाख रुपियाँको दरले ७९ लाख ६५ हजार आठ सय रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलिले गत मंगलबार लम्जुङ दुर्दी गाँउपालिकाका हाल ललितपुर बस्दै आएका ५३ वर्षिय मिनबहादुर थापालाई लगनखेलबाट तथा काठमाडौंमा बस्ने ३५ वर्षिय जोसेफ श्रेष्ठलाई गत बुधबार काठमाडौं पुतलिसडकबाट पक्राउ गरेको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर पठाएको छ ।

Advertisement

Advertisement

Advertisement