भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, जग्गा कित्ताकाट रोक्ने सरकारी निर्णयको विरोध

Advertisement

काठमाडौंः नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा शुक्रवारदेखि भृकुटीमण्डपमा घरजग्गा मेला ‘प्रपर्टी एक्स्पो २०१८’ सुरु भएको छ । वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास सहरीकरणमा योगदान गरिरहेका व्यवसायीका उत्पादनलाई उपभोक्तामाझ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

पाँच दिनसम्म चल्ने मेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका हुन् । घरजग्गा व्यवसायीले घर जग्गा व्यवसायमा दुई खर्बभन्दा बढीको लगानी रहेको बताउँदै अर्बौ रुपियाँ बराबरको कर बुझाउँदै यस क्षेत्रको विकासमा राज्यले ध्यान जान नसकेको बताए । जग्गाको कित्ताकाट रोक्ने सरकारको निर्णयले सर्वसाधरणदेखि व्यवसायी समेत प्रभावित भएको उनीहरुको गुनासो छ ।

घर जग्गा खरिद प्रक्रियामा रोक लगाउनुभन्दा विदेशीलाई नेपालमा लगानी गर्ने वातावरण सरकारले बनाएमा विदेशी मुद्राका साथै रोजगारीको अवस्था सिर्जना हुने आयोजकले संघका अध्यक्ष इच्छाराज तामाङले बताए ।

मेलामा स्वदेशी, विदेशी प्रदर्शकले आफ्ना सेवा तथा वस्तु प्रदर्शन गरेका छन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक र बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर, कन्सल्ट्यान्ट लगायतको सहभागी छ ।

साथै, मेलामा विद्युतीय सामग्री, फर्निचर, पाइप, सेनिटरिवेयर फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बीमा बैंकिङ र वास्तुकलाका पनि स्टल छन् ।

Advertisement

Advertisement