भारत पेट्रोलियम कर्पोरेशनले सुरु गर्यो म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङ रेन्ज

Advertisement

काठमाडौंः भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (विपिसिएल)ले आफ्नो प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ । कर्पोरेशन, ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनीले संयुक्तरुपमा शनिवारदेखि यसको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि राजकुमार र सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशक सिद्धार्थशम्सेर जबराले गरे । सिप्रदी ट्रेडिङ म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा ग्राहकहरु, डिलरहरु तथा विजनेस एसोसिएट्सहरुको पनि उपस्थिति रहेको थियो ।

नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको जनाएको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।

कम्पनीले नयाँ प्याकमा ट्याम्पर ईभिडेन्ट क्याप, दुईवटा ह्याण्डल ग्रिप, ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर, गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल, कम आवाज आउने गरी बनाईएको नेकजस्ता विषेशता रहेको जनाएको छ ।

यस्तै, नयाँ प्याकमा रातो, गोल्ड, नीलो ग्रे, ग्रिन गरि चार वटा विषेशता पनि रहेको छ । ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ ।

विपिसिएलले भन्ने, ‘हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवाला हरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने हाम्रो प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लागि सबैभन्दा बढी महत्व राख्दछ ।

नयाँ प्याकको शुरुवात नेपालबाट हुनु हाम्रो लामो तथा सुमधुर सम्बन्ध यो देशसँग र हाम्रो पूरानो वितरक सिप्रदी ट्रेडिङसँग हुनुलाई दर्शाउँछ ।’

Advertisement

Advertisement

Advertisement