नेपाल इन्भेष्टमेन्ट बैंकको ७२औं शाखा सल्यानमा

Advertisement

काठमाडौंः नेपाल इन्भेष्टमेन्ट बैंकले सल्यानको लान्तीमा आफ्नो ७२औं शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने बैकले जनाएको छ ।

प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिंदै बैंकले नयाँ शाखा खोलेको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई तीन अर्ब ७६ करोड रुपियाँ लगानी गर्ने इन्भेष्टमेन्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक रहेको कम्पनीले बताएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको एक सय वटा एटिएम छ । त्यस्तै, छ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । पाँच लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको बैंकले जानकारी दियो ।

Advertisement

Advertisement

Advertisement