विश्वकपमा आज तीन खेल हुने, कोस्टारिकाविरुद्ध ब्राजिलको अग्निपरिक्षा

Advertisement

मस्कोः रुसमा जारी विश्वकपको उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिलले प्रतियोगितामा शुक्रवार दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्वीजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिल समूहको दोस्रो खेलमा जित निकाल्नै पर्ने दवाबमा मैदान उत्रन लागेको हो ।

ब्राजिलले ५ः ४५ मा कोस्टारिकाविरुद्ध खेल्ने छ । आजको खेलमा जित निकाल्न नसकेमा विश्वकप उपाधिको दाबेदार मानिएको ब्राजिल समूह चरणबाट घर फर्कने लगभग पक्का हुनेछ । यस्तै दिनको दोस्रो खेलमा आइस्ल्याड र नाइजेरियाबिचको खेल हुने छ । राति ११ः ४५ मा स्वीजरल्याण्ड र सर्वियाले आपसमा प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो खेलमा अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोकेको आइस्ल्याण्ड प्रतियोगितामा पहिलो जितको खोजिमा नाइजेरियासँग खेल्नेछ । त्यस्तै, क्रोएसियासँग पहिलो खेल गुमाएको नाइजेरिया पनि दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न आजको खेल जित्ने दाउमा हुनेछ ।

साथै, पहिलो खेलमा कोस्टारिकालाई १-० ले पराजित गरेको सर्विया लगातार जित निकाल्दै दा्स्रो चरणमा जाने लक्ष्यमा हुनेछ । स्वीजरल्याण्डले सर्वियालाई रोक्दै प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्न चाहन्छ ।

ब्राजिलविरुद्ध मैदान उत्रन लागेको कोस्टारिका जितको खोजिमा मैदान आउनेछ । ब्राजिलको डरलाग्दो आक्रमणलाई काबुमा राख्दै जित निकाल्ने सोचाइमा कोस्टारिकाले रणनीति बनाएको छ ।

तर, आजको खेलमा ब्राजिलका स्टार खेलाडी मैदान उत्रने सम्भाना ५० प्रतिशत मात्र रहेको बताइएको छ । स्वीजरल्याण्डविरुद्धको खेलमा सार्वधिक फाउल खाएका नेइमारको दाहिने खुट्टामा चोट लागेको छ ।

नेइमारबिना नै मैदान उत्रिएपनि ब्राजिलका कोउटिन्हो, जेसस, पाउलिन्हो, मार्सेलो, कासिमेरो, रोर्बटो, विलियन, सिल्भा, ड्याबालामध्य एक मात्र खेलाडी चम्किए पनि जित निश्चित छ ।

Advertisement

Advertisement

Advertisement