मौद्रिक नीति जारी भएको भोलिपल्ट सेयर बजारमा दोहोरो अंकको गिरावट

Advertisement

काठमाडौं । मौद्रिक नीति जारी भएको भोलिपल्ट बिहीबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३ दशमलव ६६ अंकले घटेर एक हजार १९१ दशमलव ९८ अंक कायम भएको छ ।

आज किनबेच राम्रै भए पनि होटल र बैंकिङ क्षेत्रको सेयर घट्दा नेप्से दोहोरो अंकले घटेको हो । आज ४५ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ । आज बाणिज्य बैंक समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले घटेको छ भने लघुवित्त र होटल समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले घटेको छ ।

बीमा, जलविद्युत र विकास बैंक समूहको उपसुचक पनि एक प्रतिशतभन्दा बढिले घटेका छन् । मौद्रिक नीतिमा सेयरको धितोमा प्रवाह हुने मार्जिक प्रकतिको कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटको अवस्थामा मार्जिक कल गर्न बाध्य नहुने व्यवस्था गरिएको छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतबाट घटाई २५ प्रतिशतसम्म मात्रै प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement