बजार अनुगमनमा सघाउन आफ्ना सदस्यहरुलाई उद्योग बाणिज्य महासंघको आह्वान

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै व्यवसायिक सदस्य संघसंस्थामार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न र यथार्थ मूल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आह्वान गरेको छ ।

महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने सम्बन्धमा यही गत असार १५ गते विभागमा सम्पन्न व्यवसायीहरूस“गको बृहद अन्तरक्रियाबाट गठित समिति, समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि सरोकारवालाहरू समेतस“ग छलफलगरी अनुगमनका विधि, प्रक्रिया र हाल भइरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकीकृत, सरल र न्यूनतम जनशक्तिमार्फत स्वचालितरूपमा बजार ब्यवस्थित हुने अवस्था सिर्जनाका लागि गृहकार्य गरिएको भन्दै उक्त आह्वान गरेको हो ।

डर, त्रास र भयमुक्त भई स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोवार गर्ने गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न अनुरोध गर्दछ भन्दै महासंघले उत्पादन, थोक तथा खुद्रा तह एवं आम उपभोक्ताहरूले आफूले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर दिएर मात्र कारोवार गर्न पनि आग्रह गरेको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघ मुलुकभित्र सधै स्वच्छ र पारदर्शी व्यापार व्यवसायको पक्षपाती रह“दै आएको छ । साथै सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्दछ भन्ने कुरामा दृढ छ । आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भएनभएको यकिन गरी खरिद विक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु विक्रीवितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिई सामान विक्री वितरण गर्न, बील बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राखेर वा सकभर बस्तुमै मूल्य राखेर कारोवार गर्न गराउन महासंघ सवै व्यवसायीहरूमा आग्रह गर्दछ । बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध छ । गैरकानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघको जोड छ ।’

जनतालाई सरकारबाट राहतदिने भनेकै करको माध्यमबाट हो भन्दै महासंघले यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका बिद्यमान करका दरहरू न्यूनतम कायम गरी खुल्ला सिमानाबाट भइरहेको अनधिकृत व्यापार नियन्त्रणमा सुन्य सहनशिलता राख्न समेत अनुरोध गरेको छ । यसका लागि सिमापारी करका दर कम रहेका बस्तुहरूमा स्वदेशमा लाग्ने कूल कर राजस्व समयमै समायोजनका लागि पनि पनि उनले अनुरोध गरेको छ ।

साथै, महासंघले बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न आग्रह पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement