भक्तपुरका वस्ती डुवानः खोला शहर पसेको होइन, मान्छे खोला पसेको परिणाम

Advertisement

काठमाडौं । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।

Advertisement

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु(याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु(याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।
यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने रु सरकारसँग पनि कुनै नीति छैन ।
उद्धारमा क्रेन र डुंगा बुधबार रातभर परेको पानीले हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरका सडकमा चार फिटसम्म पानी जमेको थियो । बिहीबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाका कर्मचारी उद्धारमा खटिए । सेनाले डुंगा नै चलाएर उद्धार ग(यो । बाढीमा फसेका वृद्धवृद्धा र बालबालिकालगायतलाई क्रेनमार्फत समेत उद्धार ग(यो । डुबानमा परेको स्थानमा बिजुली नभएकाले घर र पसलमा जमेको पानीलाई बेलुकासम्म जेनेरेटर लगाएर फाल्ने काम भइरहेको थियो ।पहिरोमा पुरिएर तीनको मृत्यु, सयौँ घर डुबानमा भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । चाँगुनारायण नगरिपालिका–७ मझुवा गाउँमा पहिरोले घर थिच्दा एकै परिवारका तीनजनाको ज्यान गएको हो । ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया पत्नी पानमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदाको ज्यान गएको हो । बुधबार राति नै पहिरोले घर पुरेर ज्यान गए पनि परिवारका अन्य सदस्यले बिहान मात्रै थाहा पाएका थिए । छोराबुहारी पक्की घरमा रहेकाले सुरक्षित भएको प्रहरीले जनाएको छ ।चाँगुनारायण–६ नगरकोटमा गएको पहिरोका कारण २२ वटा घर बिस्तापित हुने अवस्थामा पुगेका छन् । सोही वडास्थित बागेश्वरी गाउँका तीन र खालिङ गाउँका २ घर पनि पहिरोकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । चाँगुनारायण–६ नगरकोटका स्थानीय सोम बजगाईले पहिरोका कारण गाउँ नै जोखिममा परेको बताए ।बस्तीहरू जलमग्न, खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग बुधबार रातिदेखि भीषण वर्षा भएपछि हनुमन्ते खोलो उर्लियो । उचित निकास नभएपछि पानी खोलाको घर नाघेर बस्तीमा छि¥यो । मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिकाका सयौँ घर डुबानमा परे । हनुमन्ते खोला करिडोरमा बस्तीहरू पर्ने कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर शाख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला र अरनिको हाइवे जलमग्न भयो ।हुनुमन्तेले निर्माणाधीन पुल नै बगायो बाढीले हनुमन्ते खोलामा बन्दै गरेको एउटा फलामे पुलसमेत बगाएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतका अनुसार खोला किनारमा रहेका कुखुरा, गाई, बंगुर फारम तथा कपडा पेल्ने र प्लास्टिक प्रशोधन गर्ने कारखानामा ठूलो क्षति पुगेको छ ।खोला किनारका ब्लक कारखाना र अन्य उद्योगमा काम गर्ने मजदुर विस्थापित भएका छन् । ‘तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन, अर्को व्यवस्था नभएसम्मका लागि हामीले उनीहरूलाई खाने–बस्ने व्यवस्था गर्न नगरपालिकाका कर्मचारीलाई निर्देशन दिएका छौँ,’ उनले भनिन् । विस्थापितको यकिन संख्या भने शुक्रबार मात्रै बताउन सक्ने उनले बताइन् । हनुमन्ते करिडोरका सबै घर, पसर, खाद्यान्न गोदाम र पसलहरू डुबेको मध्यपुर ठिमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए ।२५ वर्षयताकै ठूलो बाढी हनुमन्ते खोलामा २५ वर्षयताकै ठूलो बाढी आएको मध्यपुर ठिमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको उनले बताए ।मान्छेले खोलो मिचे, खोलोले मान्छेलाई मिच्यो खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि हनुमन्तेमा भएको जानकारहरू बताउँछन् । खोलाको घर साँघु(याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको ज्ञवाली बताउँछन् । ‘बाँध बनाएर मात्र रोक्न सक्ने बाढी थिएन,’ उनले भने, ‘आजको बाढी माथिबाटै नदी ओभरफ्लो भएर बस्तीमा पसेको थियो ।’ हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोरलाई लो–ल्यान्डका रूपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ । तर, नक्सा पासविनै पनि गैरकानुनी रूपमा घरहरू बनाइएको ज्ञवाली बताउँछन् ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement