असार मसान्तसम्म ६४.०८ प्रतिशत क्षेत्रफलमा रोपाईं, गत बर्षको भन्दा राम्रो प्रगति

Advertisement

काठमाडौं । सरकारले धान रोपाई गरिने कुल क्षेत्रफलमध्ये असार मसान्तसम्म ६४ दशमलव ०८ प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भएको जनाएको छ । कुल १५ लाख ५२ हजार हेक्टरमध्ये अधिकांश क्षेत्रफलमा रोपाईं सम्पन्न भएको हो ।

यस बर्ष मध्य तथा उच्च पहाडी क्षेत्रदेखि तराईसम्मको रोपाईंको दर करिव एउटै छ । अघिल्ला बर्षहरुमा पहाडी क्षेत्रमा चाँडै रोपाईं हुने गरे पनि तराईमा भने ढिलो हुने गर्दथ्यो । गत बर्षभन्दा यो बर्षको रोपाईं सन्तोषजनक भए पनि पर्याप्त भने होइन । गत बर्ष यही समयमा ५३ दशमलव ८५ प्रतिशत क्षेत्रफमा मात्रै रोपाईं भएको थियो ।

क्षेत्रगतरुपमा हेर्दा उच्च पहाडमा ६३ दशमलव ९५, मध्य पहाडमा ६६ दशमलव ९९ र तराईमा ६३ दशमलव ०२ प्रतिशत क्षेत्रफलमा रोपाईं भएको छ । यस बर्ष समयमै पर्याप्त बर्षा भएकोले तराईमा समेत रोपाईंको प्रगति राम्रो भएको जनाइएको छ ।

विकास क्षेत्रका हिसावमा हेर्दा सबैभन्दा कम पूर्वाञ्चलमा ४८ दशमलव ७३ प्रतिशत, मध्यमाञ्चलमा ६० दशमलव ७६ प्रतिशत, पश्चिमाञ्चलमा ७३ दशमलव ४१ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ६९ दशमलव २३ र सुदूरपश्चिमाञ्चलमा ९५ दशमलव ३५ प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भएको छ ।

Advertisement

Advertisement

Advertisement