दुध किसानलाई दिनुपर्ने बक्यौता बढेर सात अर्ब पुग्यो, भारतीय दुधको आयात समस्याको जड

Advertisement

काठमाडौँ । दुध उत्पादक किसानहरुले पाउन बाँकी बक्यौता बढेर सात अर्ब पुगेको छ । देशभरका ३० लाख परिवारले उत्पादन गरेको दुधको मूल्य नपाउँदै किसानहरुमा आक्रोस बढ्दै गएको छ । 

एक दर्जन बढी किसान संगठनले दुध उत्पादक किसानहरुलाई भुक्तानी नदिएर बिचल्ली बनाउने कार्यको विरोधमा आन्दोलनको घोषणा गरेका छन् । विगत चार महिनादेखि रोक्किएको भुक्तानी बक्यौता बढेर सात अर्ब पुग्दा पनि समस्या समाधान गर्न सरकारले उदासिनता देखाउँदै आएको छ । 

Advertisement

डेरी उद्योग संघ र डेरी एसोसिएसनले करिब छ अर्ब र दुग्ध विकास संस्थान (डीडीसी)ले ९० करोड किसानलाई दुधको मूल्य भुक्तानी दिन बाँकी छ । दुध बिक्री नभएको र बिक्री भए पनि भुक्तानी नपाएको विरोधमा पछिल्ला दिनमा किसानले सडकमा दुध पोख्दै आएका छन् । नेपालमै पर्याप्त दुध उत्पादन हुँदा पनि सरकारले भारतबाट हुने आयातमा भने कुनै कडाई गर्नेगरेको छैन् । खुल्ला सीमाका कारण पनि दुध आयात हुने गरेको छ । 

यता डेरी उद्योगहरुले भने आर्थिक मन्दीका कारण बिक्री कम भई स्टक हुन थालेको, काठमाडौं महानगरपालिकाले नीतिले पनि खपतमा कमी आएको, भारतबाट सस्तोमा दुध र दुधजन्य वस्तुहरु आयात हुँदा आफूहरु समस्यामा परेको बताउँछन् । 

Advertisement

Advertisement