पञ्चकन्यामाई हाइड्रोको आइपीओ आजदेखि खुला

Advertisement

काठमाडौंः पञ्चकन्या माई हाइड्रो पावर कम्पनीको मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले एक सय रुपियाँ दरको ११ लाख कित्ता अर्थात ११ करोड रुपियाँको सेयर निष्काशन गरेको हो । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ जारी गरेको हो ।

कम्पनीको एक आर्ब १० करोड रुपियाँ जारी पुँजी रहेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । आइपिओमा यहि साउन चार गते सम्म आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम ५५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

लगानीकर्ताले आइपिओमा आवेदन भर्न धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालिमार्फत तथा मेरो सेयर एप प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि गत माघ पाँच गतेदेखि २३ गतेसम्म स्थानीयका लागि ११ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत जेठ सात गते साधारण सेयर निष्काशन गर्न धितोपत्रबोर्डमा अनुमति मागेकोमा बोर्डले असार आठ गते आइपिओ जारी गर्ने अनुमति पाएको थियो ।

Advertisement

Advertisement

Advertisement