सिसडोलसम्म पुग्ने सडक मर्मत नहुँदा काठमाडौंमा फोहोर थुप्रियो

Advertisement

काठमाडौं । फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । ‘फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेनन्,’ उनले भने । फोहोरको रास माथि गाडी गुड्नु परेपछि यस्तो नभए के होस् । ’ सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको उनले बताए ।

Advertisement

श्रेष्ठका अनुसार तीन दिन अधि कामपाले धरहरा वरीपरीको टहरा भत्काएका माटोे इँटा लगेर हिलो वाटोमा छापेको थियो तर वर्षको पानीले झनै हिलो भयो र फोहोर बोकेर गएका लोड गाडी झनै धसिए ।
पाँच दिन अघि फोहोर बोकेर ल्याण्ड फिल साइट पुगेका केही ट्रकहरू भने काठमाडौ महानगर पालिकाको डोजरको साहायताले सोमवार फोहोर फ्याँक्न सफल भएका छन् । ‘पाँच दिन भयो फोहोर लिएर आएको । आज घोप्ट्याउन पाइन्छ की जस्तो छ,’ फोहोर बोकेर सिसडोल पुगेका ट्रक चालक सुव्वा थिङले भने । वर्षा लागेपछि सिसडोलमै पाँच घण्टादेखि तीन दिनसम्म फोहोर घोप्ट्याउन फोहोरको थुप्रोमै कुर्नु परेको उनले गुनासो गरे ।
‘अब त यहाँबस्दा बस्दै फोहोर गन्हाउन पनि छाडिसक्यो । सजिलैसंग फोहोर फाल्न पाए आउने वित्तिकै फकिन सकिन्थ्यो,’ उनले भने, ‘तर यो समस्या वर्षैदेखि यस्तै छ ।’सिसडोल भरिसक्यो ६ महिना भन्दा बढी डक्पिङ गर्न सकिन्नः सरकारदीप श्रेष्ठ– सिसडोलमा कार्यरत कामपाका कर्मचारी यो ल्याण्डफिल साइट नै होइन । यसलाई कन्ट्रोल डम्पिङ भनिन्छ । न त यहाँ फोहोरको वर्गिकरण हुन्छ न कुनै व्यवस्थापन नै । राजधानीबाट लगिएको फोहोरलाई महानगरपालिकाको स्काभेटर र डोजरले छेउको माटो झिकेर फुर्ने मात्र गरिएको छ । अव त सबै ठाउँ भरिसक्यो बढीमा ६ महिना फोहोर थुपार्न सकिएला । त्यो पनि पानी धेरै परेन भने मात्र ।वाँस चिरेर पैरो रोक्ने प्रयास फेहोरको रासमाथि गाडी गुडाउँदा भासिएर गएको फोहोरको पैरो काठमाडौं महानगर पालिकाले वाँस गाढेर रोक्ने प्रयास गरेको छ । तर पहाड जत्रो फोहोरको थुप्रोको पुछारमा गाडिएको बाँसले पैरो रोकिएको छैन ।हजारौ टन फोहोर उपत्यकामै थुप्रियो ट्रकले सिसडोलमा फोहोर खसाल्न नसक्दा काठमाडौं महानगर पालिका लगायत सबै स्थानीय निकाय र निजी कम्पनीहरूले घर बाट फोहोर उठाउन छाडेका छन् । उठाइसकेका फोहोर भने ती किाएको फोहोर संकलन केन्द्रमै कुहिन थालेका छन् । घरहरूमा थुप्रिएको फोहोर कुहिन थालेपछि सडकमा फोहोर फ्याँक्ने क्रम सुरु भएको छ ।‘मैले काम गर्ने कम्पनीले घरबाट उठाएको फोहोर जम्मा गर्ने ठाउँ ठाउँ भरिसक्यो । एक महिनादेखि फोहोर ल्याउन सकेका छौनौं,’ड्राइभर वानेश्वर एकशन वेष्ट प्रा।लि।का चालक हरि बुढाथोकीले भने ।पाइलट प्रोजेक्टको रुपमा तीन वर्षको लागि सुरु गरिएको सिसडोलको विकल्प १४ वर्षसम्म खोजिएन तीन वर्षको लागि भनेर पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको सिसडोल ल्याण्डफि साइडका विकल्प १४ वर्ष पुगिसक्दा पनि खोजिएको छैन । दैनिक २५ वटा ट्रकले २५० टन फोहोर फाल्न मिले सिसडोलमा अहिले दैनिक १५० छ«कले एक हजार भनदा बढी टन फोहोर फालिरहेका छन् ।जाइकाले बनाइदिएको भ्याली–वान भरिएपछि भ्याली–टु सुरुगरिएको थियो । त्यसपछि आलेटार बनाइयो । तयो पनि भरिएपछि फेरी सिसडोलमै फोहोर फ्याँक्न थालिएको छ ।१४ वर्षअघि जापानले बनाइदिन खोजेको ल्यान्डफिलसाइट अहिलेसम्म बनेनजापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को प्राविधिक सहयोगमा २२ जेठ ०६२ देखि सरकारले काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिलसाइटमा थुपार्दै आएको छ । मात्रै तीन वर्षका लागि भन्दै सरकारले सिसडोलको २२ हेक्टर जमिन अधिग्रहण गरेको थियो । तीन वर्षपछि नुवाकोटकै बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिलसाइट बन्ने र फोहोर त्यहीँ डिस्पोज गर्ने सरकारको योजना थियो । तर, सरकारले १४ बर्ष बितिसक्दा पनि बन्चेरे डाँडामा ल्याण्डफिल साइट बनाउन सकेको छैन, न सिसडोलमा फोहर थुपार्न नै छाडेको छ ।काठमाडौं महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गीले फोहर फाल्न सिसडोलको बिकल्प नखोजिएकाले उपत्यकामा फोहर नउठ्ने समस्या बल्झिरहने बताइन् । उनले भनिन्,‘फोहर फाल्न सिसिडोलको बिकल्प बारे कहिल्यै सोचिएन । केही योजना बनेको सुनियो । तर,कार्यन्वयनमा आएको देखिएन । यही कारण फोहरको समस्या बेलाबेलामा बल्झिरहन्छ ।चार दिनदेखि यो समस्या फेरी बल्झिएर आएको छ । उपत्यकाकामा फोहर उठ्न सकेको छैन । बाटो बिग्रिएकाले यो समस्या आएको सुचना छ । केही दिनमा बाटो बन्ला । फोहर पनि उठ्लान् । तर, यो दिर्घकालिन समाधान होइन ।’काठमाडौं महानगरपालिकाका अनुसार सिसडोलमा उपत्यका भित्रका १८ स्थानीय तहको फोहर जान्छ । पछिल्ला दिनको तथ्यांक अनुसार दैनिक ८ सय मेट्रिक टन फोहर उपत्यकामा उत्पादन हुन्छन् । त्यसमा काठमाडौं महानगरपालिकाको हिस्सा मात्रै ६२।५ प्रतिशत छ । अथार्त काठमाडौं महानगरपालिकाबाट मात्रै दैनिक ५ सय मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैलाई लगेर सिसडोलमै फालिन्छ । यस हिसावले काठमाडौं महानगरपालिकाबाट मात्रै बितेको १४ बर्षमा २५ लाख ५५ हजार मेट्रिक टन फोहर लगेर सिसडोलमा थुपारिसकिएको छ । जस कारण सिसडोलमा अहिले फोहरको पहाड नै बनेको छ ।यो तथ्यलाई उप मेयर खड्गीले पनि स्वीकारिन् । उनले भने,‘१४ बर्ष अघि जम्मा २२ हेक्टर जमिन लिइएको रहेछ । त्यसैमा फोहर थुपार्दै आइयो । अहिले त त्यहाँ फोहरको एउटा मात्रै होइन, थुप्रै पहाड बनेका छन् । थप फोहर फाल्न इन्चभर पनि ठाउँ छैन । तर, अहिलेसम्म यसको विकल्प कसैले खोजेका छैनन् ।’

आजको नागरिक दैनिकबाट । अर्जुन पौडेल/टेकराज थामी

Advertisement