डा केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा

Advertisement

सुर्खेत । बीस दिनदेखि अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ ।

संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा सरकारका वार्ता टोलीका संयोजक खगराज बराल र सदस्य गुणराज लोहनी पनि अहिले जुम्ला पुगेका छन्। टोलीले अहिले डा केसीको स्वास्थ्य स्थिति बुझ्ने काम गरिरहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

“डा केसीसँग वार्ता पनि चलिरहेको छ, उनले भनेको प्रतिक्रियाअनुसार सरकारले आफ्नो काम अघि बढाउँछ,” कानूनमन्त्री भण्डारीले भने । उहासँगको वार्तामा सहमति भएको खण्डमा भने सरकारले आजै हेलिकोप्टरमार्फत डा केसीलाई काठमाडौँ लैजान तयारी गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement