डा. केसीको अनसनस्थलमा गोली चल्यो

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको उपचार भइरहेको कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ ।

केसीका समर्थक र विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि भएको झडपमा गोली चलेको हो । गोली कस्ले चलायो भन्ने नखुले पनि प्रहरीबाटै गोली चलेको र एक जना प्रहरी घाइते भएको बताइए पनि यसको पुष्टि भने भइसकेको छैन ।

आसनरत डा. केसी काठमाडौं आउन तयार भएका छन् । विद्यार्थी र स्थानीयबासी कुटिएको हेर्न नसक्ने भन्दै उनी काठमाडौं आउन तयार भएका हुन् । केसीलाइ काठमाडौं ल्याउन सेनाको हेलिकप्टरसहित पुगेका सरकारी टोलीलाई स्थानीयबासी र र विद्यार्थीहरुले आरोध गरेका थिए । सरकारले जुम्लामा आएर वार्ता गनुपर्ने केसीको अडान थियो ।

डा. केसी अनसन बसेको स्थानमा प्रहरी र सरकारी टोलिलाई जान रोकेपछि प्रहरीले बल प्रयोग गरेको थियो । कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका केसीको सुरक्षार्थ भन्दै विद्यार्थी र प्रतिष्ठानका कर्मचारीहरु च्यानलगेट बन्द गरी भर्याङमा बसेर बाटो छेकेका थिए भने गाउँ–गाउँबाट आएका आमा समुह र स्थानीयबासी हरुले पैतिष्ठान परिसरमा नाराबाजी गरिरहेका छन् ।

स्थानीयबासीको बाक्लो उपसिथति भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी प्रतिष्ठानबाट बाहिरीएका थिए । आफु दमन गर्न नभइ वातावरण सहज बनाउन आएको हुँदा आफुहरुको उपस्थितिलाई शंका नगर्न मुख्यमन्त्री शाहीले स्पष्ट पारेका छन् ।

Advertisement

Advertisement

Advertisement