सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा बुढानिलकण्ठ नगरपालिकामा

Advertisement

काठमाडौं । सेञ्चुरी बैंकले गत शुक्रबार बुढानिलकण्ठको हात्तिगौंडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकको हात्तिगौंडा शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालीकाका मेयर उद्धव प्रसाद खरेलले गरेका थिए ।

उक्त शाखा उद्धघाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ वटा शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ वटा शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट बैंकिङ सेवा सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement