सरकारले ल्यायो ‘भूमि सुशासन’ एप, जग्गासम्बन्धी सबै जानकारी पाइने

Advertisement

काठमाडौं । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो ।

एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानुनसमेत यस एप्समा समेटिएको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । मोवाइल एप्समा भूमि नापचाँज सम्बन्धी जानकारी समेत समेटिएको छ ।

एप्समै मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने ब्यवस्था छ । सामान्य नागरिकले जग्गासम्बन्धी भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको मन्त्रालयको भनाई छ । जग्गाबारे सर्बसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर एकै ठाउँमा उत्तरहरु संकलन गरिएको छ ।

भूमिसम्बन्धी पदावलीहरुको अर्थ नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको यस एप्समा मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण समेटिएको छ । यस एप्समा भूमीसम्बन्धी कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवाहरु, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटर समावेश गरिएको छ ।

एप्समा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवाहरु, ती सेवा लिन आवश्यक कागजात, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारीको विवरण पनि राखिएको छ ।

नागरिकले यस एपबाट आफ्नो जिल्ला र वडा नम्बर राखेपछि आफूले सेवा लिने कार्यालयको बिवरण उपलब्ध हुने पुडाशैनीले जानकारी दिए । उनका अनुसार यस एपमा रहेको नापी क्याल्कुलेटरले जग्गाको लम्बाई, चौडाइ प्रविष्ट गराएर क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने बनाइएको छ ।

Advertisement

Advertisement

Advertisement