निवेदन ढिलो गरी दिएका कारण सीजी टेलिकमको लाइसेन्स खारेज

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी समूहको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र खारेज गरेको छ । 

मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको यस कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिएको भन्दै लाइसेन्स खारेज गरिएको हो । नवीकरणका लागि तोकिएको अवधिमा आवेदन नआएपछि लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणको भनाई छ । 

Advertisement

सीजी कम्युनिकेसन्सले २०६० मंसिर ५ गते ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमति पाएको थियो । गएको मंसिर १६ गतेभित्र कम्पनीको लाइसेन्स नवीकरण गर्नुपर्नेमा नगरेको भन्दै प्राधिकरणले दूरसञ्चार ऐनको व्यवस्थाअनुसार स्वतः लाइसेन्स खारेज भएको बताएको हो । 

ऐनको दफा २५ को उपदफा ५ अनुसार यस्तो 
 अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने उल्लेख छ । अनुमतिपत्रको अवधि २५ वर्ष हुने भएपनि एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिन नमिल्ने व्यवस्था ऐनमा छ । सो व्यवस्थाअनुसार समय सक्किनुभन्दा तीन महिना अगाबै नवीकरणका लागि प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । प्राधिकरणले त्यस्तो निवेदनका आधारमा एक पटकमा पाँच वर्षका लागि अनुमतिपत्र नवीकरण गर्नसक्छ । 

तर सीजी कम्युनिकेसन्सले असोजमा दिनुपर्ने निवेदन मंसिर २२ गते मात्रै दर्ता गराएको प्राधिकरणको दावी छ । ढिलो निवेदन दिएकाले लाइसेन्स नवीकरण नहुने आशंकामा चौधरी समूहले दस्तुर पनि बुझाएको थिएन् । नेपालको एकीकृत लाइसेन्ससहित दूरसञ्चार सेवा प्रदान गर्न दुई भन्दा तीन वटा कम्पनी (प्लेयर)को संभावना नदेखिएका कारण चौधरी समूहले तेस्रो कम्पनी हुन खासै जोडबल गरेको देखिन्न । हाल सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल रहेका छन् । 

Advertisement

Advertisement