डिशहोमले बढायो व्यापार, एकै वर्षमा पाँच अर्ब १९ करोड कारोबार, आईपीओ निष्काशन हुँदै

Advertisement

काठमाडौं । टेलिभिजन च्यानल बितरण कम्पनी डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले व्यापार निकै बढाएको छ । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको यस कम्पनीले एकै वर्षमा पाँच अर्ब १९ करोड ६० लाख रुपियाँ बराबरको कारोबार गरेको हो । 

कम्पनीले अंग्रेजी आर्थिक सन् २०२३ मा यो व्यापार गरेको हो । डिशहोमले सन् २०२२ मा कम्पनीले चार अर्ब ८३ करोड ९० लाख रुपियाँको कारोबार गरेको थियो भने सन् २०२१ मा चार अर्ब ९२ करोडको व्यापार गरेको थियो । 

Advertisement

इन्टरनेट सेवाका क्षेत्रमा पनि आक्रामकरुपमा सेवा विस्तार गर्दै गएको डिशहोम टेलिभिजन वितरण सेवाका क्षेत्रमा नम्वर वान कम्पनी हो । रेटिङ एजेन्सी केयर नेपालका अनुसार कम्पनीको कुल ऋण दायित्व १० अर्ब रहेको छ जसमा दीर्घकालिन ऋण पाँच अर्ब ७२ करोड २८ लाख रहेको छ भने डिमाण्ड लोन ६५ करोड रहँदा छोटो समयका लागि तीन अर्ब ६२ करोड ७२ लाख ऋण रहेको छ । 

सन् २०१० स्याटलाइट च्यानल प्रा.लि. र डी मिडिया नेटवर्क प्रा.लि. मिलेर संयुक्त रुपमा एकै कम्पनीबाट कारोबार गरेको डिशहोमको देशभर ७५ वटा डिलरहरु रहेका छन् । यस्तै चार हजार पाँच सय सव–डिलर, १४ सेवा केन्द्र, एक हजार पाँच सय फ्रेन्चाइज, १० हजार वितरण केन्द्र रहेका छन् । 

कम्पनीको मुख्य लगानीकर्तामा स्ट्याण्डमार्टिन इन्टरनेश्नल होल्डिङ लिमिटेड रहेको छ । यो कम्पनी हङकङको कम्पनी हो जसको शेयर ३३ प्रतिशत रहेको छ । 

कम्पनीमा प्रमु समूहका देवीप्रकाश भट्टचन, आईएमई समूहका चन्द्र ढकाल, आचार्य समूहका सुदीप आचार्यसहितको लगानी रहेको छ । कम्पनीले मुल व्यावसायमा बलियो प्रतिस्पर्धी नआओस भन्नका लागि प्रभु टिभी, सिम टिभीलाई पनि गाभेर अघि बढाएको छ । 

Advertisement

Advertisement