कृषि विकास बैंक र सीडीएसबीच डिम्याट खाता सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । कृषि विकास बैंक र सीडीएस एन्ड क्लियारिङबीच सम्झौता भएको छ । सम्झौता अनुसार कृषि विकास बैंकका शाखामा कुनै पनि कम्पनीका सेयरधनीले हितग्रही (डिम्याट) खोल्न पाउने छन् ।

सम्झौताबाट कृषि विकास बैंकका करिब दुई लाख ५० हजार सेयरधनी लगायत अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने भएक छन् ।

सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र सीडीएसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement