प्रति कित्ता २०० रुपियाँको दरले सिटिजन्स बैंकको एफपीओ आउँदै

Advertisement

काठमाडौं। सिटिजन बैंक इन्टरनेशनलले साउन १५ गतेदेखि एक सय रुपियाँ थप गरि प्रति कित्ता २०० रुपैयाँको दरमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो। बैकको एफपिओकालागि छिटोमा साउन १८ गते र यस अवधिमा बिक्री नभएमा ढिलोमा भदौ १४ गतेसम्म आवदेन खुला हुनेछ ।

एफपिओमा न्युनतम ५० र अधिकतम २३०० कित्तासम्मको आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलले जनाएको छ। बैंकले एफपिओ निष्काशनको लागि इक्रा रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ३ पाएको छ। यो ग्रेडलार्इ औषत मान्ने गरिन्छ।

एफपिओ आवेदन धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सकिने छ । बैंकले एफपिओ निष्काशन गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात ४ अर्ब १२ करोड रुपियाँ र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात तीन अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ। सोमबार बैंकको दोस्रो बजारमा २२८ रुपियाँमा कारोबार भएको छ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ। र्बैकको प्रति शेयर आम्दानी १७ रुपैयाँ रहेको छ।

बैंकले एफपिओ निष्काशन गर्नुको प्रमुख कारण संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१।४९ पुर्याउनका लागि भएको बताइएको छ।

Advertisement

Advertisement