एकदिवसीय क्रिकेटमा नेपाललाई पहिलो जित

Advertisement

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हासिल गरेको छ । एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित निकालेको हो ।
नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सम्पूर्ण विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । कप्तान पारस बलिङमा थिए । पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा कुनैपनि रन दिएनन् । तेस्रो बलमा एक र चौथो बलमा २ रन दिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहियो ।

पाँचौं बलमा रन जोडन नसकेपछि नेदरल्याण्डसलार्इ अन्तिम बलमा २ रन आवश्यक थियो । तर पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भए ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १—१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारससँगै सोमपाल कामीको अर्धशतकको मदतमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए । आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।

खेलको ओपनिङमा ज्ञानेन्द्रलाई सुवास खकुरेले साथ दिएका थिए । तर २९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।

३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एकरएक विकेट लिए

Advertisement

Advertisement

Advertisement