सात रेक्टरको शक्तिशाली भूकम्पपछि इण्डोनेसियामा सुनामीको चेतावनी

Advertisement

जाकर्ता । इन्डोनेसियाको लम्बोक टापुमा आइतवार अपरान्ह ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको उत्तरी तटस्थित लोम्बोक द्वीप क्षेत्रमा यो भूकम्प गएको हो ।

इन्डोनेसियाकको भूगर्भसम्वन्धी निकयका अनुसार भूकम्प गएपछि त्यस आसपासको समुद्री तटीय क्षेत्रमा सुनामीको खतरा बढेको छ । सुनामीको चेतावनीसँगै तटीय क्षेत्रका मानिसहरुलाई उच्च स्थानमा सार्ने काम भइरहेको छ । इण्डोनेसियाको सरकारी निकाय र सञ्चार माध्यमले समुन्द्र नजिक रहेका मानिसहरुलाई उच्च स्थानमा जान आग्रह गरिरहेका छन् ।

समाचार अनुसार यो भूकम्प पृथ्वीको सतहभन्दा १० किलोटमिटर (६.२ माइल) तल गएको हो । एक साताअघि गएको अर्को ६‍.२ म्याग्निच्यूडको भूकम्पबाट १७ जनाको ज्यान गएको थियो ।

भूकम्प गएको ठाउँ मतराम शहरबाट करिव ५० किलोमिटर पर रहेको छ । पर्यटकीय हिसावले चर्चित यस ठाउँमा तीन लाखभन्दा बढी मानिसहरुको बसोबार रहेको छ । केही बर्षअघि शक्तिशाली भूकम्पपछि आएको सुनामीबाट इण्डोनेसियामा एक लाखभन्दा बढि मानिसको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement