पूर्णिमा विकास बैंकको नाफा २५ प्रतिशत घट्यो

Advertisement

काठमाडौं । पूर्णिमा विकास बैंकको नाफा २५ दशमलव ५२ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षमा दुई करोड ५५ लाख ६५ हजार रुपियाँले घटेको छ ।

बैंकले अघिल्लो वर्ष १० करोड एक लाख ५३ हजार रुपियाँ कमाएकोमा गत आर्थिक वर्षमा नाफा घटेर सात करोड ४५ लाख ८८ हजारमा झरेको हो ।

बैंकको ५२ करोड ५० लाख रुपियाँ रुपियाँ चुक्ता पुँजी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १३ करोड ७२ लाख रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ८७ करोड ५४ लाख रुपियाँ निक्षेप संकलन गरी दुई अर्ब ४२ करोड ९१ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement