टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय ४५ अर्ब ५६ करोड ५८ लाख रुपियाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख रुपियाँ नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एक दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।

टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा एक रुपियाँ ९६ पैसाले वृद्धि भई एक सय ४ रुपियाँ ४५ पैसा पुगेको छ ।

विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ ।

सो अनुरुप हालसम्म करीब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ । क्रमिक रुपमा अन्य लाइन रुपान्तरण गर्ने काम जारी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका सात सय ४७ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

वि.सं २०७५ जेठ मसान्तसम्म कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार चार सय ४५ र इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार चार सय २९ रहेको छ ।

वि.सं २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार दुई सय २३ तथा इन्टरनेटतर्फ २२ लाख २६ हजार पाँच सय ३५ ले वृद्धि भएको छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको शुरुआतमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकामा गत जेठ महिनामा सो बजार हिस्सा दुई प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको छ ।” विज्ञप्तिीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement