हिमालयन कार्गोका सञ्चालक गुप्ता विरूद्ध पौने तीन करोड राजश्व छलीको आरोप, विभाग भन्छ : अहिले सम्मकै ठूलो उपलब्धि

Advertisement

काठमाडौं । हिमालयन कार्गोका सञ्चालक बिनोद कुमार गुप्ता र मधु गुप्ता माथि राजश्व अनुसन्धान विभागले दुई करोड ७२ लाख राजश्व छलीको आरोप लगाउँदै काठमाडौ जिल्ला अदालतमा मुद्दा हालेको छ । विभागसँग कर शुल्क ब्याज गरी ५४ करोड ७२ लाख छलेको ठोस प्रमाण भएकाले अदालतबाट विभागले बिगो र जरिवाना सहित दुई करोड ७२ अशुल गर्न र कम से कम तीन बर्ष सम्म जेल कैद गर्न अदालतसँग माग गरेको छ ।

विभागले उनीहरूबाट दुध र घिउको नक्कली प्रग्यापन पत्र बनाएर राजश्व छलेको पनि प्रमाण फेला पारेको छ । आजै (शुक्रबार) दश करोड २० लाख छालेको मुद्दा काठमाडौ जिल्ला अदालतमा दर्ता गरेको छ । विभागले दुध र घिउको नक्कली प्रग्यापन पत्र बनाएको आरोपमा विनोद गुप्ता र मधु गुप्ता लगायत २२ जना विपक्षी बनाएको छ जसमा भन्सार अधिकृत लगायत सात जना भन्सार कै कर्मचारी सहभागि छन् ।

विभागले गुप्ताको खातामा रहेको पन्ध्र करोड नगद र एक करोड बराबरको चलअचल सम्पत्तिमा रोक लगाएको छ । विभागले यति ठुलो मात्रामा राजेश्व छलेको मुद्दा पहिलो चोटी दर्ता गराएको छ ।

सो कुरा राजश्व अनुसन्धानका महानिर्देषक दिर्घराज मैनालीले आज पत्रकार सम्मलेन गरी जानकारी गराएका हुन ।

Advertisement

Advertisement

Advertisement