गृहमन्त्रीको पक्षमा आईजीपी, ‘सहकारी प्रकरणमा मन्त्री लामिछानेको संलग्नता देखिन्न’

Advertisement

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । 

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताए । कुँवरले लामिछानेले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए । 

Advertisement

उनले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउँदै बताए । कुँवरले राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए । 

उनले भने, ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी ग¥यौँ । रेड कर्नर नोटिश जारी ग¥यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भएपनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझैपनि हामी मेरो तहबाट काम गर्दैछौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन ।’ 

महानिरिक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको बताए । उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए । 

लामिछानेले, ‘हामीले स्वभाविक रुपमा यसमा सहजीकरण गरेकै हो । एकदिनमा बयान सकिन्छ भने पक्राउ पुर्जी जारी नगरौँ । तर सरकारी वकिल कार्यालयमै राखेर, सरकारी वकिलकै रोहबरमा बयान चाहीँ गरौँ भन्ने भइसकेपछि , बयान गर्दाखेरी केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि । त्यो कारणले हामी अतिरिक्त सचेत बनेर, संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौँ । पक्राउ भएको अवस्थामा पनि हामीले जानकारी गराउने कुरा मात्रै हो । संसद सचिवालयबाट यसो गर, उसो गर भनेर दोहोरो लेखापढी हुँदैन  प्रक्रिया यही हो । किर्तेमा अहिले पनि अनुसन्धान जारी छ । यो एक वर्षसम्म अनुसन्धान जारी हुन्छ ।’

महानिरिक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताउनु भयो । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उहाँले कुनै दबाब र प्रभावमा नगरिएको बताए । 

Advertisement

Advertisement