भृकुटीमण्डपमा तीज व्यापार मेला सुरु (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि तीज मेला सुरु भएको छ । महिला सिर्जनशिल केन्द्रको आयोजनामा भएको यस मेलाको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले उदघाटन गरिन ।

मेलामा दुई सय भन्दाबढि स्टलहरु राखिएको छ । भदौ १० गतेसम्म चल्ने यस मेला विशेषगरि तीजको अवसरमा प्रयोग गर्ने सामग्रीहरुका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामग्रीहरु, नेपाली अर्गानिक खाद्य पदार्थलगायतका सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

तीज व्यापार मेलामा १० भन्दाबढि स्टलहरु असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्र पीछडिएका महिलाहरुलाई निःशुल्क उपलब्ध गराईएको छ । महिला सिर्जनशिलता र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सन् २००२ बाट शुरु भएको तीज मेला यो बर्ष भृकुटीमण्डपमा आयोजना भएको हो ।

मेलामा अवलोकनकर्ताहरुको लागि निःशुल्क स्वस्थ्य शिविर, निःशुल्क फोटो सुट, निःशुल्क मेहेन्दिआर्ट, निःशुल्क हेयर कटिङ जस्ता अफरहरु पनि राखिएका छन् ।



[caption id="attachment_85894" align="aligncenter" width="900"] [/caption]

[caption id="attachment_85896" align="aligncenter" width="900"] [/caption]











Advertisement

Advertisement

Advertisement