पाँच करोड रुपियाँभन्दा बढि ठगी गर्ने सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा

Advertisement

विराटनगर । पाँच करोड रुपियाँभन्दा बढि ठगी गरेको भन्दै सहकारीका सञ्चालकहरुलाई प्रहरीले मुद्दा चलाएको छ । यहाँको प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई कारवाही थालिएको हो ।

प्रहरीले अहिलेसम्म दुई जनालाई मात्रै पक्राउ गरे पनि नौ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलाएको हो । पक्राउ पर्नेमा प्राइम बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी इन्द्रलाल श्रेष्ठ , सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णु सुवेदी छन् ।

फरार रहेका बाँकी छ जनामा संस्थाका अध्यक्ष लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लीला खनम, सदस्यहरु तेजप्रसाद ढकाल, गोपाल साह, विमलादेवी भनिने शारदादेवी उदास, अनिल जोशी छन् ।

निक्षेपकर्ताहरुले आफ्नो पैसा फिर्ता लिन खोज्दा नपाएपछि उजुरी दिएको भन्दै प्रहरीले उजुरीकै आधारमा छानविन र कारवाही थालिएको प्रहरीले जनाएको छ । सञ्चालकहरुले केही समयदेखि कार्यालय बन्द गरेर बसेका थिए ।

संस्थाले सेयरवापत झण्डै १० लाख र निक्षेपवापत नौ करोड रुपियाँभन्दा बढि संकलन गरेका थिए । संस्थाले करिव तीन करोड ३० लाख लगानी गरेको देखिए पनि अन्य रकम कहाँ लगानी गरेको ? खुल्न नसकेको प्रहरी नायब उपरीक्षक निशान थापाको भनाई छ ।

Advertisement

Advertisement

Advertisement