नेपाली सेनामा नयाँ कमाण्डर, थापालाई राष्ट्रपतिबाट दज्र्यानी चिन्ह

Advertisement

काठमाडौं । नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिन ।

राष्ट्रपति नेपाली सेनाका परमाधिपति हो । भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन। गत साउन २४ देखि थापाले कामु प्रधानसेनापतिका रूपमा काम गर्दै आएकोमा अब पूर्ण जिम्मेवारी पाएका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आजैबाट सकिएको छ ।

Advertisement

Advertisement

Advertisement