नारायणगढ–मुग्लिन सडक बल्ल दुईतर्फी खुल्यो

Advertisement

चितवन । सोमबार राति १ बजेबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडक बल्ल दुईतर्फी खुलेको छ । पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध भएको सडक मंगलबार अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको थियो ।

सबै ठाउँको पहिरो हटाएरपछि भने बुधबार साँढे ११ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिएका छन।

सडक अवरुद्ध हुँदा यात्रुसहित खाद्यान्नलगायतका ढुवानीका साधनहरु अलपत्र परेका थिए । सोमबार राति परेको अविरल वर्षाका कारण नारायण–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो गएको थियो ।

पहिलो छिटो पन्छाउन पर्याप्त साधन नहुँदा लामो समयसम्म यात्रुले सास्ती भोग्नुपरेको थियो । यस सडक खण्डको स्तरोन्नती गरी केही फलाकिलो बनाइए पनि सडक बढाउने क्रममा काटिएको पहाडको भित्तो घामपानीले नरम हुँदा अझै केही बर्ष पहिलो धेरै खस्न सक्ने कतिपयको विश्लेषण छ ।

Advertisement

Advertisement

Advertisement