खाद्य संस्थानले दशैंका लागि २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने

Advertisement

काठमाडौं । दशैंलाई लक्षित गरेर नेपाल खाद्य संस्थानले यस वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । हरेक वर्ष दशैंमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउँदै आएको संस्थानले यस वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा ल्याउँदैछ ।
यस वर्ष खसी बोका । च्याङ्ग्राका लागि ३ करोड ४९ लाख बजेट छुट्याइएको खाद्य संस्थानले जानकारी गराएको छ ।

यस वर्ष दाङ र हैटौंडमा खासी बोका संकल गरिनेछ भने मुस्ताङबाट च्यांग्रा लाइनेछ ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रिय बिचौलियालाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानले जनाएको छ ।

संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्छ । यस वर्षको घटस्थापना असोज २४ गते परेको छ । खसीबोका र च्यांग्रा संकलन सकेर काठमाडौं ल्याएपछि लागतको आधारमा मूल्य ताकिने संस्थानले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement