एनआइसी एसियाले २३ करोडको लागि डेढ अर्बको जग्गा लिलाम गरेको भन्दै फिर्ता गराईदिन आग्रह

Advertisement

काठमाडौं । ओरियन्टल कोअपरेटिभका निक्षेपकर्ता र ओरियन्टल अपार्टमेन्टका बुकिङकर्ताहरुले साबिकको धापासी गाविस वडा नं. २ र ५ स्थित एनआइसी एसिया बैंकले लिलाम गरेको २६ रोपनी जग्गा फिर्ता गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

सुधिर बस्नेतले ओरियन्टल कोअपरेटिभको नाममा ऋण लिने क्रममा धितो राखेको २६ रोपनी जग्गा र त्यसमा बनेको भौतिक संरचनाको मूल्य नै डेढ अर्ब रुपियाँभन्दा बढि रहेकोमा एनआइसी एसिया बैंकका उपल्लो तहका व्यवस्थापक तथा सञ्चालकहरुले गलत नियमतले जम्मा २३ करोड रुपियाँ ऋणको लागि हतार हतार लिलाम गर्ने काम गरेको भन्दै पीडितहरुले यसबाट आफूहरुले अन्याय भएको बताएका छन् ।

आइतबार राष्ट्र बैंक अगाडि धर्ना दिँदै उनीहरुले झण्डै डेढ अर्ब रुपियाँ मूल्यको जग्गा जम्मा २३ करोड रुपियाँ साबाँ ब्याजका लागि लिलाम गरेर लिने र ओरियन्टल सहकारीका निक्षेपकर्ता र ओरियन्टल बिल्डर्सका बुकिङकर्ताहरुलाई मर्कामा पार्नेगरी एनआइसी एसियाले सुधिर बस्नेत पक्राउ परेको बेला गलत नियतले लिलाम गरेको गुनासो गरे ।

ओरियन्टल कोअपरेटिभको नाममा रहेको उक्त जग्गा सुधिर बस्नेतले चक्रपथ हाइटमा अपार्टमेन्ट बनाउन धितो राखेर ऋण लिएका थिए । हालको प्रचलित मूल्यअनुसार प्रतिआना २२ देखि २५ लाख रुपियाँ पर्ने उक्त जग्गामा अपार्टमेन्टसहित अन्य भौतिक पूर्वाधार निर्माणमा नै ३० करोड रुपियाँभन्दा बढि लगानी भएको र ओरियन्टल पीडितहरुले आफ्नो डुबेको अबौं रुपियाँ फिर्ता लिन बर्षौदेखि आन्दोलन गरिरहेको बेला एनआइसी एसियाले जग्गा २३ करोड रुपियाँ साँवा ब्याजका लागि त्यति धेरै मूल्यको जग्गा बदनियतपूर्ण तरिकाले हतार हतार लिलाम गर्ने काम गरेको पीडितहरुको गुनासो छ ।

ओरियन्टल पीडित समूहका तर्फबाट गर्भनरलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सुधिर बस्नेत नभएको मौका छोरी जग्गा लिलामको नाममा हडप्ने र बैंकका केही मानिसहरुले फाइदा उठाउन लागिपरेको भन्दै बस्नेतले ऋण लिने क्रममा राखेका धितोहरुमा ओरियन्टल कोअपरेटिभका निक्षेपकर्ताहरुको लगानी रहेकाले उनीहरुको हितविपरित बैंकले जग्गा हडप्न नपाउने तर्क अघि सारेका छन् ।

एनआइसी एसियाले धापासीको उक्त जग्गामा आफ्नो कर्पोरेट अफिसको भवन निर्माण गर्ने तयारी गरिरहेको छ । उनीहरुले बैंकको बास्तविक खर्च हिसाव गरी उनलाई रकम दिने र बाँकी रकम ओरियन्टल पीडितहरुलाई दिनुपर्ने पीडितहरुको माग छ । त्यसका लागि सुधिर बस्नेतलाई बैंकमा नै उपस्थित गराई एनआइसी एसियाको अहिलेसम्मको साँबा ब्याज तिर्न लगाउने र ओरियन्टलको नाममा रहेको सबै सम्पत्ति बैंकले फिर्ता गराउने व्यवस्थाका लागि राष्ट्र बैंकसँग आग्रह गरिएको छ ।

Advertisement

Advertisement

Advertisement