जनता बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बीमा एजेन्ट सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने भएको छ ।

Advertisement

Advertisement

Advertisement