सञ्चालक नियुक्त भएको दुई दिनमै प्रधानमन्त्रीको गृहजिल्लाका खरेल कार्यकारी अध्यक्ष

Advertisement

काठमाडौँः सञ्चालकमा नियुक्ति भएको दुई दिनमै सरकारले नेपाल वायुसेवा निगममा मदन खरेललाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्रालयका सचिवलाई हटाएर खरेललाई कार्यकारी अध्यक्ष बनाएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा जहाज खरिद जस्तो जटिल कार्य सम्पन्न गरेका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले राजीनमा दिन नमानेपछि उनीमाथि खरेललाई ल्याएर राखेका हुन । खरेल प्रधानमन्त्रीको गृहजिल्ला झापाका हुन् ।

कंसाकारले आफूले अघि बढाएको निगम सुधारको काम बाँकी रहेको र त्यो बाँकी अबको बाँकी करिव एक बर्षको कार्यकालमा सक्ने बताउँदै राजीनामा दिन अस्वीकार गरेका थिए । उनले राजीनामा दिन नमानेपछि वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी हालेर खरिदको कागजाज मगाउन लगाइएको छ ।

कंसाकारले दुई वटा न्यारोबडी र दुई वटा वाइड बडी जहाज खरिद गर्नुका साथै थप दुई वटा न्यारो बडी जहाज खरिदका लागि प्रक्रिया अघि बढाएका छन् । प्रधानमन्त्री केपी ओलीले भने अधिकारीमार्फत कंसाकारलाई हटाएर खरेललाई नियुक्ति गर्न दबाब दिँदै आएका थिए ।

Advertisement

Advertisement

Advertisement